अभिताभको वार्षिक कमाई २ सय २ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अभिताभको वार्षिक कमाई २ सय २ करोड



काठमाडौं।  बलिउडलाई सम्हालिरहेका अभिताभ बच्चन भारतिय चलचित्रका एक अग्रणी नायक हुन् । भारतका १०० धनी सेलिब्रिटीको सूचीमा रहेका बच्चन फोब्र्स म्यागेजिनका अनुसार भारतका दोस्रो धनी नायक हुन् । उनले गत वर्ष मात्रै २०२ करोड ४० लाख सम्पत्ति कमाएको फोब्र्सले जनाएको छ ।  

उनको एसीबीएल प्रोडक्सन कम्पनीले कौन बनेगा करोडपति कार्यक्रम उत्पादन गर्न थालेपछि उनले अहिलेसम्म अरु कमाइको लागी पछाडी फर्केर हेर्नु परेको छैन ।  उनको भारतीय चलचित्रमा तिब्र माग हुने गरेको छ ।

सामाजिक सञ्जालमा धेरै फलो गरिएका बच्चन पछिल्लो समय चलचित्र र यससँग सम्बन्धित कार्यक्रम तथा विज्ञापनमा उनको तिब्र माग रहेको छ । उमेरका हिसावले नाती नातिनी सरहका कलाकारसँग नायक कै रुपमा प्रस्तुत हुनु उनको विशेषता हो भने गहकिलो स्वर अमिताभको अमूल्य सम्पत्ति हो ।एजेन्सीको सहयोगमा

प्रकाशित : १६ असार २०७२, बुधबार १६:०४