कृषिमन्त्री पराजुलीले राजीनामा दिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषिमन्त्री पराजुलीले राजीनामा दिए



काठमाडौं ।  धान दिवस मनाउने क्रममा महिलाहरुलार्इ अभद्र शैलीमा समातेर आलोचित बनेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले पदबाट राजीनामा दिएका छन् ।

पराजुलीले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत प्रधानमन्त्री सुशील कोइरालालार्इ राजीनामा बुझाएका हुन् ।

पार्टीभित्र र बाहिरबाट मन्त्री पद छाड्न चौतर्फी दबाब परेपछि मन्त्री पराजुली बिहीबार बिहानै राजीनामा बुझाउन अध्यक्ष ओलीको बालकोटस्थित निबासमा पुगेका थिए ।

प्रकाशित : १७ असार २०७२, बिहीबार ०२:४५