सेन्चुरी बैंकको नाफा ३३ प्रतिशतले बढेर ३१ करोड पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेन्चुरी बैंकको नाफा ३३ प्रतिशतले बढेर ३१ करोड पुग्यो



काठमाडौ,२८ वैशाख  । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आव २०७३/७४ को तेस्रो त्रैमासमा खुद मुनाफा ३३ दशलमव ७८ प्रतिशतले वृद्धि गरी ३१ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा २३ करोड २४ लाख रुपैयाँ कमाएको थियो ।

३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ९३ करोड २८ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा २७ दशमलव ४५ प्रतिशतले वृद्धि गरी ३३ अर्ब १४ करोड ४० लाख रुपैयाँ पुगेको छ । जसबाट कर्जामा ३० अर्ब ६ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ जुन गत वर्षको तुलनमा ३१ दशमलव ७२ प्रतिशतले वृद्धि हो । त्यस्तै खुद व्याज आम्दानीमा २४ दशमलव ७५ प्रतिशतले वृद्धि गरी ७७ करोड १० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ३६ दशमलव ९१ प्रतिशतले वृद्धि गरी ४७ करोड १० लाख रुपैयाँ गरेको छ । बैकले ११ करोड १४ लाख रुपैयाँ प्रोभिजन राखिएको छ भने ३ करोड ९१ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी ११ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३४ दशमलव ०८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २५ दशमलव २९ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत रहेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३७ प्रतिशतले घटेर शुन्य दशमलव ५३ प्रतिशत रहेको छ भने पुँजीकोष अनुपात १ दशमलव ६९ प्रतिशतले बढेर १४ दशमलव ४९ प्रतिशत रहेको छ ।

प्रकाशित : २८ बैशाख २०७४, बिहीबार ०५:४०