वैरो व्यवसायी संघको निर्वाचन आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वैरो व्यवसायी संघको निर्वाचन आज



काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । संघको नेतृत्व हत्याउन राजनीतिक तथा गैरराजनीतिक समूम चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । नयाँ नेतृत्वका लागि कांग्रेस र एमालेको समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेको छ भने गैरराजनीतिक समूह विशुद्ध ब्यवसायीको समूहको रुपमा प्रतिष्पर्धामा उत्रिएको छ ।

संघको पछिल्लो नेतृत्व दुई राजनीतिक दलको चेपुवामा परी समानान्तर समूह नै बनाएर संगठन चलाएको राजनीतिक समूहभन्दा गैरराजनीतिक समूहको माहौल बनेको एक ब्यवसायीले बताए । पछिल्लो नेतृत्वको विवाद हद दर्जा नै नाघेर विवाद अदालत सम्म नै पुगेको थियो ।

दुई हप्ता अगाडिबाटै जमघट र भेटघाटका कार्यक्रमले तिब्रता पाएको व्यवसायीहरुको चुनावी माहोल विहीबार बेलुकाबाट सकिनेछ ।

प्रकाशित : १७ असार २०७२, बिहीबार ०२:५३