ग्रीस संकटः ऋणदाताहरुले जनमतसंग्रह अघि कुरा नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्रीस संकटः ऋणदाताहरुले जनमतसंग्रह अघि कुरा नगर्ने



काठमाडौ । युरोजोनका अर्थमन्त्रीहरुले ग्रीसमा आइतबार जनमतसंग्रह हुनु अगाडि ऋणसंकटबाट मुक्तिबारे थप कुराकानी नगर्ने बताएका छन्।
ग्रीक जनतालाई ऋणदाताहरुको प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भनेर ‘हुन्छ’ र ‘हुन्न’ भन्ने प्रश्न सोधिने छ। प्रधानमन्त्री सिप्रसले राष्ट्रिय टेलिभिजन मार्फत संझौतावार्तामा ग्रीसको हात बलियो बनाउन हुँदैन भन्नेमा नागरिकहरुले मतदान गर्न आग्रह गरेका थिए।

बिविसी नेपाली सेवा लेख्छ,अर्थमन्त्री यानिस भारुफाकिसले पनि एउटा टेलिभिजन अन्तर्वातामा युरोपका लागि यो असाध्यै कालो समय रहेको र आफुहरुमाथि ‘ब्ल्याकमेल’ अर्थात अनुचित दवाव दिइएको बताए।  उनले पनि ‘हुँदैन’ भन्नेमा मतदान गर्नुपर्नेमा जोड दिएका छन्।

उनले थपेका छन्- ‘ऋणदाताहरुले सोमबार ग्रीक जनताको सन्देश पाएपछि ढुक्क हुनुहोस् केहि समयभित्रै समाधान निस्कनेछ। उनीहरुले संबोधन गर्न कर लाग्नेछ।’

उनले मतदान पछि एउटा सहमति बन्ने र अहिले ब्यांकहरुबाट रकम निकाल्नमा लगाइएको कडाई खुकुलो पारिने बताए।

यस अघि बुधबार प्रधानमन्त्री सिप्रसले युरोजोनका साझेदारहरुसमक्ष धेरैजसो प्रस्तावहरु शर्तसहित मान्ने किसिमको नयाँ प्रस्ताव पेश गरेका थिए। पछिल्लो प्रस्तावमा उनले ऋणसंकट मोचनका लागि युरोजोन ऋणकोषबाट २९ अर्ब युरो भन्दा धेरै रकम दुइवर्ष लामो तेश्रो समयसीमाका लागि माग गरेका थिए।

एथेन्सस्थित बीबीसी संवाददाता भन्छन् इयूका संझौताकारहरु अब कुनै पनि प्रस्तावका लागि ठाउँ नरहेको र आइतबारको जनमत संग्रह अघि ग्रीसको कुनै पनि कुरा सुन्नुको तुक छैन भन्ने ठान्छन्।

प्रकाशित : १७ असार २०७२, बिहीबार ०३:०४