नेपाल इन्स्योरेन्सको नाफा ८५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्स्योरेन्सको नाफा ८५ प्रतिशतले बढ्यो



काठमाडौं २९  वैशाख। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको तुलनाभन्दा ८५ दशमलव १८ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा बीमाले नाफा २ करोड ७६ लाख रुपैयाँ कमाएको थियो ।

२८ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बीमाले जगेडा तथा कोषमा १४ करोेड ७ लाख रुपैयाँ र जीवन विमा कोषमा १० करोड ६५ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा १०७ दशमलव ६९ प्रतिशतले बढेर ८ करोड १३ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १७२ दशमलव ७२ प्रतिशतले बढेर ३ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) २२ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ भने भुक्तानी दाबी (खुद) १७ करोड १९ लाख रुपैयाँ बराबरको गरेको छ । कम्पनीले यस अबधिमा ३९ हजार १ सय २ वटा (संख्या) बीमालेख जारी गरेको छ भने १ हजार १ सय ५९ वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १७ दशमलब ६९ रुपैयाँ, पि ई अनुपात १४ दशमलब १५ गुणा र प्रति शेयर नेटवर्थ १ सय ८१ दशमलब ५ड रुपैयाँ रहेको छ ।

प्रकाशित : २९ बैशाख २०७४, शुक्रबार १०:१६