राहुघाट ठेकेदारको ७६ करोड जफत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राहुघाट ठेकेदारको ७६ करोड जफत



काठमाडौं  । लामो रस्साकस्सीपछि  विद्युत् प्राधिकरणले राहुघाटका सिभिल ठेकेदार आईभीआरसीएल लिमिटेडको करिब ६७ करोड रुपैयाँ जमानत जफत गर्न सफल भएको छ । समयमा काम नगरेपछि ठेक्का खारेज गरिएको कम्पनीले जमानत पनि नदिने भरमग्दुर प्रयास गरे पनि अन्ततः बुधबार उक्त रकम प्राधिकरणको खातामा आएको छ ।


आईभीआरसीएलको जमानत बापतको पैसा हाम्रो खातामा आयो  राहुघाट आयोजना प्रमुख कुलमान घिसिङले भने, करिब ५९ करोड रुपैयाँ अमेरिकी डलर र बाँकी रुपैयाँमा हाम्रो खातामा रकम जम्मा भएको हो ।

प्राधिकरण सञ्चालक समितिले गत जेठ २८ मा राहुघाटको ठेक्का खारेज गरी जमानत जफत गर्ने निर्णय गरेको थियो । तर सञ्चालक समितिको अध्यक्ष उर्जामन्त्री राधाकुमारी ज्ञवाली निर्णयमा हस्ताक्षर नगरी ६ दिने विदेश भ्रमणमा गएपछि प्राधिकरणलाई जमानत जफतका लागि प्रक्रिया सुरु गर्न समस्या भएको थियो । कान्पिुर दैनिकबाट

प्रकाशित : १७ असार २०७२, बिहीबार ०३:३५