लोकल्याणमा ३२ अर्ब अमेरिकी डलर खर्च गर्ने साउदी राजकुमारको वचन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लोकल्याणमा ३२ अर्ब अमेरिकी डलर खर्च गर्ने साउदी राजकुमारको वचन



साउदी अरेबियाका अर्बपति राजकुमार अलवालिद बिन तलालले  आफ्ना सम्पत्तिमा ३२ अर्ब अमेरिकी डलर आउँदा वर्षमा लोकल्याणकारी परियोजनामा खर्च गर्ने बचन दिएका छन । राजकुमार तलालले एक विज्ञप्ति प्रकाशन गरी यी सम्पत्तिबाट सांस्कृतिक समझदारी विस्तार गर्न सेतु तयार गर्ने, समुदाय विकास गर्ने, महिलालाई शसक्त बनाउने, युवालाई सक्षम बनाउने, प्रकोपमा राहत उपलब्ध गराउने तथा बढी सहष्णु तथा स्वीकार्य विश्व विकास गर्न सहयोग गरिने उल्लेख गरेका छन ।

उनले यो दान आउँदा वर्षमा राम्रोसँग योजना बनाइ खर्च गरिने उल्लेख गरेका छन । उनले यी रकम कहिले खर्च गरिने भन्ने समय सीमा नभएको बताएका छन ।

अलवालिदले यससम्बन्धी गुठीको सञ्चालक समितिको अध्यक्ष आफू हुने र त्यसले यो रकम खर्च गर्ने जिम्मेवारी लिने बताएका छन । उनले यो रकम आफ्नो मृत्युपछि पनि मानवीय परियोजना तथा प्रयासमा खर्च गरिने बताएका छन ।राजकुमार अलवालिद साउदी राज परिवारका सदस्य हुन र उनी स्वर्गीय राजा अब्दुल्लाहका भतिजा हुन ।
परम्परावादी इस्लामिक मुलुकका राजकुमार अलवालिद कुनै पनि सरकारी पदमा छैनन् र उनले आर्थिक विषयमा समयसमयमा टिप्पणी पनि गर्छन् ।

एक पत्रकार सम्मेलनमा उनले बिल तथा मेलिन्डा गेट्स फाउन्डेसन तथा अमेरिकाका अन्य लोककल्याणकारी कोषको नमुनामा आफूले यस्तो दृढता व्यक्त गरेको बताए। सार्वजनिक रूपमा सेयर कारोबार हुने आफ्नो संस्था किङडम होल्डिङको मुख्यालयको ६६ औँ तलामा उनले यो रकम यस संस्थामा रहेको सम्पत्तिभन्दा पृथक भएको बताए । उनी यस संस्थाको अध्यक्ष हुन ।

किङडम होल्डिङले युरो डिज्नेदेखि फोर सिजन्स होटेल र सिटिग्रुपमा लगानी गरेको छ ।एजेन्सीको सहयोगमा

प्रकाशित : १७ असार २०७२, बिहीबार ०४:३२