फटाफट काम गर्न सुपर मन्त्रालय चाहिन्छः पूर्वगभर्नर डा.खतिवडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फटाफट काम गर्न सुपर मन्त्रालय चाहिन्छः पूर्वगभर्नर डा.खतिवडा



youbrajकाठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर  डा.युवराज खतिवडाले प्रधानमन्त्रीको  नेतृत्वमा शान्ति तथा पुननिर्माण मन्त्रालयलाई सुपर मन्त्रालय बनाउन सुझाव दिएका छन् ।

विपद जोखिम न्यूनीकरणका लागि राष्ट्रिय अभियानले बिहीबार राजधानीमा गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूवगभर्नर डा युवराज खतिवडाले प्रधानमन्त्रीको  नेतृत्वमा रहेको शान्ति तथा पुननिर्माण मन्त्रालयलाई सुपर मन्त्रालय बनाएर तत्काल गर्नुपर्ने बताए ।

छोटो समय र काम धेरै गर्नुपर्ने भएको हुँदा फटाफट काम गर्न सुपर मन्त्रालय चाहिने डा खतिवडाको तर्क छ । उनले संरचनाहरु पुननिर्माणका लागि अलग्गै शक्ति सम्पन्न प्राधिकरण वा मन्त्रालय बनाउने कुरा दीर्घकालीन हो भने विद्यमान संरचनामा भएको शान्ति तथा पुननिर्माण मन्त्रालयलाई शक्तिशाली बनाउनु तत्कालको आवश्यकता रहेको बताए।

कार्यक्रममा पूर्वगभर्नर डा। खतिवडाले अहिले पुननिर्माणका लागी अनुमान गरिएको १० खर्ब रुपैयाँ सरकारको इच्छा शक्ती हुने हो भने  कुनै गाह्रो नरहेको बताए । अहिले देशको सम्पूर्ण आर्थिक सूचक सकारात्मक भएकोले पुननिर्माणका लागि आवश्यक बजे आन्तरिक रुपमा पर्याप्त रहेको पनि बताए।

प्रकाशित : ३१ बैशाख २०७२, बिहीबार १६:३३