प्रभु इन्स्योरेन्सको हकप्रद शेयर भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु इन्स्योरेन्सको हकप्रद शेयर भर्ने आज अन्तिम दिन



काठमाडौं, २ जेठ  । प्रभु इन्स्योरेन्सले निष्काशन गरेको दुई बराबर एकको अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन हो । कम्पनीको शेयरमा चैत ५ सम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् ।

गत वर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको कम्पनीले बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १९ लाख २५ हजार ७८ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीको बोनस बितरण पश्चात चुक्ता पूँजी ३८ करोड ५० लाख १५ हजार रुपैंया पुगेको छ । हकप्रद शेयर निष्काशन गरी बाँडफाँट गरेपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख २३ हजार रुपैंया पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धका प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड कमलादी, प्रभु बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । शेयरमा लगानीकर्ताले चैत ३० देखि २०७४ जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

केन्द्रिय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु बट बीमा सेवा दिंदै आएको कम्पनीले आगामी दिनमा अरु शाखा बिस्तार गर्दै जाने लक्ष्य लिएको छ ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०५:४४