सिभिल बैंकमा कस्को नेतृत्व ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकमा कस्को नेतृत्व ?



काठमाडौं, २ जेठ । सिभिल बैंक लिमिटेडको अध्यक्षपदको कार्यभार अम्बीर बोगटीले सम्हालेका छन । नेपाल राष्ट्र बैंकमा गभर्नर डा.चिरन्जीवि नेपालबाट बैंकका नव नियूक्त अध्यक्षले सपथ ग्रहण गरे ।

उहाँ बैंकको स्थापना कालदेखि नै बैंकका संचालक थिए । यसैगरी रिक्त संचालक पदको कार्यभार सृजना शाक्य तामाङ्गले सम्हाल्नु हुने भएको प्रेस विज्ञप्तिमा जाएको छ ।

बैंक बोर्डको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै शेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्घताका साथै ग्राहक वर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए । बैंकले यही आउँदो जेठ ४ गतेका दिन छैठौं बार्षिक साधारण सभाको आयोजना गर्दैछ ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०७:५४