नेप्से ६ अंकले ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से ६ अंकले ओरालो लाग्यो



काठमाडौं। साताको पहिलो ३ दिन सकारात्मक देखिएको नेप्से अन्तत बुधबार र बिहिबार भने त्यसको निरन्तरता पाउन सकेन र हिजो बुधबार ३ दसमलव ३५ अंकले घट्यो भने आज बिहिबार ६ दसमलव ८२ अंकको गिरावट संगै ९ सय ३८ दसमलव ९६ अंकमा बजार बन्द भएको छ ।napsa
आज १ सय ३१ कम्पनीको १ हजार ६ सय ३४ कारोबार बाट कुल ४ लाख १४ हजार २ सय ४० कित्ता शेयर किनबेच भएका छन् भने २१ करोड २६ लाख ८५ हजार १ सय ८९ रुपैया बराबरको कारोबार भएको छ ।
लगातार उत्साहपूर्ण देखिएको बिमा समूहमा भने हिजो र आज गिरावट देखिएको छ । छोटो समयका लगानीकर्ताहरुले प्रोफिट बुक गर्नुका साथै असार महिनामा बैंकको ब्याज मिलान गर्नु पर्ने भएकोले लगानीकर्ताहरुले धमाधम शेयर बिक्रि गर्न थालेका कारण बजारमा केहि गिरावट आएको पाइएको छ ।
आज कारोबार भएका ८ समुह मध्ये उत्पादन तथा प्रशोधनमा २ दसमलव ५६ अंकको ब्रिधि भएको छ भने बाँकी सबै समूह झरेका छन् ।
शुभेच्छा विकास बैंक लिमिटेड र मनास्लु विकास बैंक लिमिटेडका लगानीकर्ताहरुले आज बढी कमाएका छन् भने सिदार्थ बैंकको प्रोमोटर शेयर, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड तथा लुम्बिनी फाईनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरुले बढी गुमाएका छन् । त्यसै गरि लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, माछापुछ्रे बैंक लिमिटेड, एभरेस्ट बैंक लिमिटेड र चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेडले १ करोड माथि कारोबार गर्दै आज सबै भन्दा बढी कारोबार गर्ने कम्पनीहरुको सुचीमा अगाडी देखिएका छन् ।

प्रकाशित : १७ असार २०७२, बिहीबार १२:२७