डीसहोमको मुभि अन डिमान्ड १ महिनाको लागि निःशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डीसहोमको मुभि अन डिमान्ड १ महिनाको लागि निःशुल्क



काठमाडौं । डीसहोमले आज देखि लागू हुने गरी च्यानल नं. ११२ मा प्रसारण हुने मुभि अन डिमान्ड एक महिनाको लागि पूर्ण रुपमा निशुल्क प्रदान गरेको छ । यस योजना मार्फत १ महिनासम्म लगातार नयाँ नयाँ नेपाली सिनेमा प्रसारण हुने कम्पनीले जनाएको छ ।
मुभि अन डिमान्ड मार्फत बिहान ७ बजे, दिउँसो ११ बजे, अपरान्ह ३ बजे र साँझ ७ बजे गरी दिनमा चार पटक एउटै फिल्म प्रसारण गरिन्छ । यो अफर डीसहोमका सम्पूर्ण ग्राहकहरुका लागि प्रदान गरिएको छ । यी सिनेमा हेर्नका लागि ग्राहकहरुले आफ्नो नियमित प्याकेज एक्टिभ भएको हुनु पर्नेछ । डीसहोमको रिचार्ज नगरेका  ग्राहकहरुले समेत नियमित प्याकेजको रिचार्ज गरी यी सिनेमा निःशुल्क हेर्न सक्नेछन् ।
 
मुभि अन डिमान्ड सुविधा डीसहोम बाहेक अरु कुनै पनि सेवा प्रदायकले बजारमा उपलब्ध गरेको छैन । यो सेवा प्रति ग्राहकहरुको उल्लेख्य रुचि रहेको र समय समयमा आफ्ना ग्राहकहरुलाई यस्तो फ्रि सुविधा प्रदान गर्ने कम्पनीको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ग्राहकहरुले आप्mनो नियमित प्याकेज रिचार्ज गरी १ महिनामा रु ६०० सय बराबरका ३० वटा सिनेमाहरु निःशुल्क हेर्नुहोस् । सामान्यतया आफुले रोजेको सिनेमा हेर्नका लागि एसएसएस मार्फत सिनेमा खुलाउन पर्ने हुन्छ तर यस विशेष योजना अन्र्तगत चालु रहेका कुनै पनि डिशहोम कनेक्सनमा सिनेमा हेर्न सकिने छ ।
स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डीटीएच  सेवा प्रदायक डीसहोम ले नेपालभर ५ लाख ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ ।
 सिधै  स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको ध्वनी (साउण्ड) र दृश्य (पिक्चर) दुबै गुणस्तरीय हुन्छन् । डिशहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ । डिशहोमले दिने सेवामा सम्पूर्ण स्पोटस् तथा ज्ञानबर्दक च्यानलहरु समेत समावेश गरिएका छन् ।

प्रकाशित : १७ असार २०७२, बिहीबार १२:३९