निर्माण सामग्रीमा गुणस्तरीयता कायम राखौं : नेपाल चेम्बर अफ कमर्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निर्माण सामग्रीमा गुणस्तरीयता कायम राखौं : नेपाल चेम्बर अफ कमर्स



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्माण सामाग्रीमा गुणस्तरीयता कायम राख्नुपर्नेमा जोड दिएको छ । चेम्बर र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युनएनडीपी)ले विहीबार ललितपुमा गरेको कार्यक्रममा सुरक्षित भवन निर्माणका लागि निर्माण सामाग्रीको मापदन्ड र गुणस्तरीयता कायम गरिनुपर्नेमा जोड दिइएको हो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले गुणस्तरीय सामग्रीको प्रयोगबारे जनचेतना आवश्यक रहेको बताए । उनले गुणस्तरीता कायम गर्न अनुगमन आवश्यक भएपनि अनुगमन गर्दा सत्य–तथ्य बुझेर मात्रै गर्नुपर्ने बताए । उनले व्यवसायीहरुले आचारसंहिता मान्नुपर्नेमा पनि जोड दिए ।

यस्तै, पूर्वसचिव पूर्ण कडरियाले राष्ट्रिय भवन निर्माणसंहिताअनुरुप भवन निर्माणका लागि सरकार कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले गुणस्तरीय निर्माण सामाग्री बनाउन व्यवसायीहरुले ध्यान दिनुपर्नेमा पनि जोड दिए ।

हरेक संरचना बलिया बन्दै गएमात्र नागरिक सुरक्षित हुनसक्ने भन्दै भवन निर्माणसंहितालाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

प्रकाशित : १८ असार २०७२, शुक्रबार ०३:०८