सफलताकालागि अप्नाउनुस धनकुवेरका यी बानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सफलताकालागि अप्नाउनुस धनकुवेरका यी बानी



संसारमा धेरै यस्ता धनकुवेर छन, उनिहरुको अर्बको सम्पतीका मालिक हुदा पनि निकै मितब्ययी छन । उनिहरुको सफलताको मुख्य मन्त्र नै प्रेरणादायी बन्न सक्छ । त्यसकारण उनिहरुको बानीहरु तपाईले पनि अनुसरण गर्न सक्नुहुन्छ ।

आवश्यक वस्तु मात्रै किन्नुस्

वोँरेन बफे भन्छन, “तपाई यस्तो बस्तु किन्नु हुन्छ, त्यसको जरुरी नै छैन भने तपाईले आफ्नो जरुरी वस्तु बेच्नु पर्ने हुन्छ ।” धेरै  धनी मान्छेहरु पैसा बचाउछन र त्यसलाई अन्य क्षेत्रमा लगानी समेत गर्छन ।  यी मानिसहरुको सफलताको मन्त्र भनेको आफ्नो कमाईको करिब करिब २० प्रतिशत लगानी गर्नु नै हो । यदी तपाईको कमाई कम छ त बचतको बानी बसाउनुस भविष्य सुरक्षित हुन्छ र रिटायर्ड लाईफमा पनि संघर्ष गरि रहनु पर्दैन ।

सजिने र सजाउनेमा खर्च घटाउनुस

कतिपय यस्ता हस्तीहरु छन जो डिजाइजदार कपडा, ब्रान्डेड जुता लगायतमा धेरै खर्च गर्दैनन ।  उनिहरु यस्तो वस्तुमा खर्च गर्छन त्यो लोमो समय सम्म राख्न सकियोस र भविष्यमा त्यसको मुल्यको पनि सुरक्षा होस । यही कारण हो जहाँ भारतिय इन्फोसिस का प्रमुख नारायण मुर्ती साधारण कपडामा देखिन्छन ।  त्यस्तो भारतिय चलचित्रका नायक रजनीकान्त सुटिंग पछि धोती र कुर्तामा मात्रै देखिन्छन ।

खर्च गर्ने धनी गनिदैनन्

खर्च गर्नेलाई मात्रै धनीको रुपमा चिनीदैन । यस्ता धेरै धनाढ्यहरु छन तिनिहरु साधारण घरमा बस्छन, साधारण गाडी चढ्छन ।  सेयर बजारका बादशाह वाँेरेनट बफेट वा मेक्सिको का कार्लौस स्लिमको कुरा गर्ने हो भने उनिहरु निकै लामो समय देखि आफ्नो समान्य घरमा बस्दै आएका छन ।

साथमा थोरै क्यास राख्नुस

अमेरिबी आँइल टाइकून टी बून पिकेन्सको सुझावमा यसो भन्छन,  तपाई त्यती नै क्यास लिएर आफ्नो गुजारा चलाउनुस त्यती तपाईलाई आवश्यक छ ।  किन भने धनिहरु आफ्नो साथमा धेरै क्यास लिएर हिड्दैनन । त्यसकारण उनिहरु क्रेडिट कार्ड नै प्रयोग गर्छन ।  यस कारण उनिहरुको खर्चको पुर्ण विवरण राख्न सहयोग मिल्छ ।

मूल्य भन्दा पनि गुणस्तरमा ध्यान दिनुस

सफल व्यक्तीहरुले सस्तो वस्तु किन्नु भन्दा पनि गुणस्तरमा विश्वास राख्छन । यस कारण कतै तपाई सस्तोमा घर किन्दै हुनुहुन्छ भने त्यसलाई रिपियअर र मेन्टेनेन्समा अधिक खर्च गर्नु पर्ने हुन्छ ।  त्यस्तै त्यहाँ भएका सामानहरु चाडैनै मर्मत   गर्नु पर्ने पनि हुन आउछ । जुन सस्तोको कारण भविष्यमा महँगो पर्न जान्छ ।  एजेन्सीको सहयोगमा

प्रकाशित : ४ जेष्ठ २०७४, बिहीबार ०७:०५