० दशमलव ३९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

० दशमलव ३९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ ४ जेठ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ० दशमलव ३९ अंकले ओरालो लागेको छ। १६सय ४४ मा खुलेको नेप्से १६सय ४३ मा पुगेर बन्द भएको छ। बिहिबार बैकिड.र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन् ।
बिहिबार होटल समुहले सबै भन्दा धेरै कमाएको छ । बिहिबार होटल समुह ३५ दशमलव ७४ अंकले उकालो लागेको छ । बिहिबार उतपादनमुलक समुह ३५ दशमलव ११ अंकले, इन्स्योरेन्स समुहले २९ दशमलव १९ अंकले, जलविघुत समुह २५ दशमलव २८ अंकले, विकास बैक समुह १३ दशमलव ४८ अंकले र फाइनान्स समुह ५ दशमलव १९ अंकले उकालो लागेको छ ।
बिहिबार बैकिड. र अन्य समुह भने ओरालो लागेको छ । बिहिबार बैकिड. समुह ७ दशमलव ९४ अंकले र अन्य समुह १ दशमलव ७४ अंकले ओरालो लागेको छ ।
बिहिबार कारोबारमा आएका १४६ कम्पनी बाट १ करोड २० लाख ७ हजार ६ सय ९ कित्ता शेयरबाट ७८ करोड १२ लाख ६९ हजार ८ सय ८४ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७४, बिहीबार ०९:४४