सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्छ : मन्त्री निधि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्छ : मन्त्री निधि



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्ने बताएका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले  ‘नेसनल को अपरेटर्स एलाइन्स’  नेपालका नवनिर्वाचित कार्यसमितिको स्वागतका लागि आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री निधिले सहकारी सिद्धान्त अनुसार हुने जनताको सहभागिताले मात्र लोकतन्त्रको दिगो विकास हुने बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभागका प्रमुख बालकृष्ण खाणले सहकारी आन्दोलनलाई मर्यादित र सशक्त रुपमा अघि बढाउन सके उत्पादन र रोजगारी वृद्धि हुने बताए ।


त्यस्तै अर्का सभासद् ओमदेवी मल्लले सहकारीमा आबद्ध सबै तहका सदस्यले आ-आफ्नो जिम्मेवारी बोध गरी सहकारीको उद्देश्य हासिल गर्न लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा काँग्रेस भक्तपुरका सभापति गणेशमान चक्रधर, प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, एलाइन्सका अध्यक्ष डिल्लीराम तिवारी, सहअध्यक्ष सुरेन्द्रराज भण्डारी, महासचिव चन्द्रप्रसाद ढकाललगायतले सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन एलाइन्सको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिए ।

प्रकाशित : १९ असार २०७२, शनिबार १२:४३