प्राइम बैंक र एशियन लाईफबीच बैकासुरेन्स सेवा सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राइम बैंक र एशियन लाईफबीच बैकासुरेन्स सेवा सम्झौता



काठमाडौं, ८ जेठ । प्राइम कर्मशियल बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकासुरेन्स सेवा संचालन सम्झौता भएको छ । जीबन बीमा सेवालाई प्रभावकारी बनाउने र ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा प्राइम कमर्शिलय बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धर र एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्तारक्षर गरेका छन् ।

बैकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ल्याएको जीवन बीमा योजना तथा बीमा पोलिसीहरु खरिद गर्न सहजता प्रदान गरिनेछ ।

अब एशियन लाईफ इन्स्योरेन्स कम्पनीका बीमा योजना तथा बीमा सेवाहरु सजिलैसँग प्राइम कर्म्शियल बैंकको नेपाल भरका ५५ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने कम्पनीले जनाएको छ ।

हाल एशियन लाईफले २३ वटा शाखा र ७२ वटा उपशाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ । चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २०७३ चैत्र मसान्तसम्ममा जीवन बीमा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ छ । कम्पनीले ९ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित : ८ जेष्ठ २०७४, सोमबार ०७:३९