सोलुखुम्बुमा कालो सुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोलुखुम्बुमा कालो सुन



काठमाडौं । जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले किसानलाई अनुदानमा (कालो सुन) अर्थात अलैंचीको विरुवा वितरण गर्न थालेको छ ।
पूर्वका करिब आधा दर्जन जिल्लमा मात्र सीमित कालो सुनका नामले परिचित अलैंची यताका वर्षमा जिल्लाका विभिन्न गाविसमा खेत गर्ने क्रम ह्वातै बढेको छ । यसतर्फ आकर्षण गर्नका लागि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा विरुवा वितगर गर्ने गरेको हो ।

केही वर्षअघिसम्म जिल्लका चौलाखर्क, गोली र कमाञ्जेमा मात्र सुरु गरिएको अलैँची खेती अहिले काँगेल, मुक्लीलगायतका गाविसमा व्यवसाययिक तरिकाले र अन्य धेरै गाविसमा समेत विस्तार भइरहेको छ । कतिपयले धान खेत मासेरै अलैंची रोप्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुमा ५ लाखभन्दा बढी अलैंचीको विरुवाको माग आएको भए पनि २ लाख ५० हजार विरुवा ल्याएर वितरण थालिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत हस्तबहादुर विष्टले बताए ।

प्रकाशित : १९ असार २०७२, शनिबार १२:४८