एभरेष्ट बैंकले सुरु गर्यो ‘निक्षेप परिचालन योजना’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकले सुरु गर्यो ‘निक्षेप परिचालन योजना’



काठमाडौं ८ जेठ  । एभरेष्ट बैंकले ‘निक्षेप परिचालन योजना’ शुरुवात गरेको छ । बैंकले वित्तीय समावेशीतालाई प्रोत्साहन गर्न तथो निक्षेपको आधारलाई मजबुत बनाउनका लागि जेठ १ गतेदेखि निक्षेप परिचालन योजना संचालन गरेको हो ।

योजना एक महिनासम्म संचालन रहने बैंकले जानकारी दिएको छ ।

त्यस्तै, समाजका बिभिन्न समुहलाई बचतको बानी बसाल्नका लागि यस योजना अन्र्तगत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ । खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५०% छुट प्रदान गरेको छ । बचत तथा चल्ती खातामा विशेष जोड भएता पनि ग्राहकले मुद्दती र कल खाता पनि आर्कषक ब्याजदरमा खाता खोल्न सक्नेछन् ।

प्रकाशित : ८ जेष्ठ २०७४, सोमबार ०८:५२