ग्रीस आर्थिक संकटः ‘ब्ल्याकमेल’लाई अस्वीकार गर्ने पक्षमा मत दिन ग्रीस प्रधानमन्त्रीको अपील « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्रीस आर्थिक संकटः ‘ब्ल्याकमेल’लाई अस्वीकार गर्ने पक्षमा मत दिन ग्रीस प्रधानमन्त्रीको अपील



काठमाडौं । ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आइतबार हुने जनमत संग्रहमा अन्तर्राष्ट्रिय ऋणदाताले गरिरहेको ‘ब्ल्याकमेल’लाई अस्वीकार गर्ने पक्षमा मत दिन आम जनतालाई अपील गरेका छन् ।

प्रधानमन्त्री सिप्रासले ऋणदाताका शर्त अस्वीकार गर्दैमा युरोपेली संघबाट आफ्नो सदस्यता कसैले खोस्न नसक्ने दाबी पनि गरे ।

अन्तर्राष्ट्रिय ऋणदाताको शर्त स्वीकार्ने या नस्वीकार्ने भन्नेमा ग्रीसमा आइतबार जनमतसंग्रह हुँदैछ । युरोपेली संघका नेताहरुले भने शर्त नस्वीकार्ने हो भने ग्रीस युरोजानेबाट बाहिरिनुपर्ने चेतावनी दिइरहेका छन् ।


गम्भीर आर्थिक संकटमा फसेको ग्रीस दाताहरुको ऋण चुकाउन नसक्दा टाट पल्टने अवस्थामा पुगेको छ । दाताको शर्त नस्वीकार्ने हो भने ग्रीसको स्थिति झनै कमजोर बन्ने युरोपीय संघका अध्यक्ष ज्या क्लाँड युंकरले बताएका छन् ।

जुन ३० मा अन्तर्राष्ट्रिय मुद्रा कोषको डेढ अर्बभन्दा बढी डलर तिर्न नसकेपछि ग्रीस खराबी ऋणीहरुको सूचीमा परिसकेको छ ।

यता, जनमतसंग्रहको पक्ष र विपक्षमा राजधानी एथेन्सदेखि ठूला सहरमा हजारौं हजारको र्‍याली गरिएका छन् । (एजेन्सी)

प्रकाशित : १९ असार २०७२, शनिबार १२:५५