१० दशमलव ११ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१० दशमलव ११ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ ९ जेठ । धेरै दिन पछि नेप्से उकालो लागेको छ ।मंगलबार नेप्से १० दशमलव ११ अंकले उकालो लागेको छ। १६सय १६ मा खुलेको नेप्से १६सय २६ मा पुगेर बन्द भएको छ। मंगलबार सबै समुहले कमाएका छन ।
मंगलबार उतपादन समुहले सबैभन्द धेरै कमाएको छ । मंगलबार उतपादन समुह ५५ दशमलव ०१ अंकले उकालो लागेको छ। मंगलबार इन्स्योरेन्स समुह २० दशमलव ९२ अंकले, फाइनान्स समुह ११ दशमलव ३५ अंकले, बैकिड. समुह ११ दशमलव ०७ अंकले, विकास बैँक समुह १० दशमलव ९५ अंकले, जलविधुत समुह २ दशमलव ८३ अंकले, होटल समुह ० दशमलव ८२ अंकले, र अन्य समुह ० दशमलव ५८ अंकले उकालो लागेको छ।
मंगलबार कारोबारमा आएका १४७ कम्पनी बाट १० लाख १७ हजार ३ सय ५४ कित्ता शेयरबाट ७८ करोड ६६ लाख ३८ हजार ६सय१६ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : ९ जेष्ठ २०७४, मंगलवार ०९:४२