खाता रहेको बैंकबाट सेयर भर्ने आस्वा प्रणालीलाई थप ब्यवस्थित पार्दै वोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खाता रहेको बैंकबाट सेयर भर्ने आस्वा प्रणालीलाई थप ब्यवस्थित पार्दै वोर्ड



काठमाडौं ११ जेठ । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र वोर्डले आस्वा प्रणालीलाई थप व्यवस्थित र सरल बनाउन नौं बुँदे निर्देशन जारि गरेको छ। आफ्नो बैंक खाता रहेको बैंकबाट सेयर भर्न सकिने आश्वा प्रणालीलाई ब्यवस्थित गर्न वोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो।
सेयर खरीद आवेदन फारममा आवेदकले नामथर, आवेदन गरिएको कित्ता, डिम्याट खाता, आवेदकको दस्तखतलगायत सम्पूर्ण विवरणहरु रुजु गरेर मात्र सेयर खरीद आवेदन  लिन वोर्डले निर्देशन दिएको छ। फाराममा संस्थाको आधिकारीक छाप र बुझिलिने कर्मचारीको दस्तखत अनिवार्य हुनु पर्छ।
विद्युतीय प्रणालीबाट आवेदन गर्दा आवेदनकर्ताले आवेदन स्वीकृत भएको सम्बन्धमा विद्युतीय रुपमा रसिद प्राप्त गर्ने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ। साथै आवेदनकर्ताले आवेदन फारममा अंग्रेजीमा हितग्राही खाता नं. र अंग्रजी ठूलो अक्षरमा अनिवार्य रुपमा नाम थर लेख्नु पर्ने हुन्छ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सबै शाखाहरुबाट दैनिक रुपमा प्राप्त आवेदन र आवेदन रकम सम्वन्धि संक्षिप्त विवरण संकलन गरी अनिवार्य रुपमा त्यही दिन र विस्तृत विवरण तोकिएको समयावधि भित्र विद्युतीय माध्यमबाट निष्काशन तथा विक्री प्रबन्धक र बोर्डलाई उपलब्ध गराउनसमेत वोर्डले निर्देशन दिएको छ।
बैंक तथा वित्तीय संस्थाहरुको विभिन्न शाखावाट धितोपत्र खरीद आवेदन प्राप्त हुने सन्दर्भमा कुन शाखावाट प्राप्त भएको हो त्यो पनि खुलाउनु पर्छ। उनीहरुले बोर्डको वेवसाइटमा राख्ने प्रयोजनका लागि आफ्नो केन्द्रीय कार्यालयमा आस्वासँग सम्बन्धित विषयवस्तुमा सम्पर्क गर्ने एक जना सम्पर्क अधिकारी र एकजना बैकल्पिक सम्वन्धित अधिकारीको नामथर, सम्पर्क फोन, मोवाइल नम्बर र पत्राचार गर्ने आधिकारीक इमेल सात दिनभित्र बोर्ड तथा सम्पूर्ण निष्काशन तथा विक्रीप्रवन्धकलाई अनिवार्य रुपमा उपलब्ध गराउनु पर्छ।
निष्काशन तथा बिक्री प्रवन्धक र बोर्डलाई धितोपत्र खरीद आवेदन फारम सम्बन्धी विवरण पठाउँदा पत्राचारको लागि आधिकारीक इमेल मात्र प्रयोग गर्नु पर्छ।
बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रदान गर्ने भनी बोर्डलाई जानकारी गराएका सबै शाखा कार्यालयहरुबाट यो सेवा उपलब्ध गराउनुपर्ने र त्यसका लागि सवै शाखाहरुमा दक्ष जनशक्ति र पूर्वाधारको व्यवस्था गर्नु पर्ने व्यवस्था वोर्डले गरेको छ।
आस्वा प्रणाली सम्वन्धमा २०७४ श्रावण अगाडि कम्तीमा एक पटक र त्यसपछि समय समयमा आफ्ना शाखा कार्यालयका सम्वन्धित कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्न पनि वोर्डले निर्देशन दिएको छ।

प्रकाशित : ११ जेष्ठ २०७४, बिहीबार ०५:३०