सिरहाको चोहर्वामा एक अर्ब ५० करोडको लागतमा चिनी मिल,मङ्सिर १बाट सुचारु गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिरहाको चोहर्वामा एक अर्ब ५० करोडको लागतमा चिनी मिल,मङ्सिर १बाट सुचारु गर्ने तयारी



सिरहा । सिरहाको चन्द्रदयपुर गाविसस्थित चोहर्वामा स्थापना गरिएको हिमालय चिनी मिल आउँदो मङ्सिर १ गतेबाट सुचारु गर्ने तयारी गरेको छ ।

दैनिक ५० क्विन्टल उखु क्रसिङ गरी तीन हजार मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमताको उक्त चिनी मिल सञ्चालन भएपछि उखु किसानलाई सहज हुनेछ । जिल्लामा उखुको खेती हुँदै आए पनि चिनी मिल नहुँदा किसानले अन्यत्र उखु बिक्री गर्दै आएका छन् ।

करिब रु एक अर्ब ५० करोडको लागतमा निर्माण गरिएको उक्त चिनी मिलमा उखु प्रशोधन गर्ने नयाँ प्रविधिको प्लान्टसमेत जडान गरिएको मिलका उखु प्रबन्धक अरुणकुमार सिंहले जानकारी दिए । उनले उद्योग सञ्चालनका लागि उपकरण जडानको काम अन्तिम चरणमा रहेको बताए ।

चोहर्वा–सिरहा सडकखण्डमा पर्ने ५८ बिघा क्षेत्रफलमा मिल स्थापना गरिएको छ । सो मिलबाट चिनी उत्पादनसँगै तौल, क्रसिङ, उमाल्ने, चिनी प्रशोधनसहितका काम कम्प्युटर प्रविधिको माध्यमबाट गरिने प्रबन्धक सिंहले जानकारी दिए। मिल सञ्चालन भएपछि करिब ३०० जना मजदुरले प्रत्यक्षरुपमा रोजगारी पाउने विश्वास लिइएको छ ।

प्रकाशित : १९ असार २०७२, शनिबार १३:१९