‘महासंघमा गुटको अन्त्य’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कुराकानी

‘महासंघमा गुटको अन्त्य’



आफ्नो कार्यकालमा महासंघलाई कसरी अगाडि बढाउनुहुन्छ ?
सबै उद्यमी व्वसायीसँगको सहकार्यमा महासंघलाई अगाडि बढाउने हो। महासंघमा नयाँ नेतृत्व चयन भइरहदा संविधानसभाले नयाँ संविधानको मस्यौदा सार्वजनिक गरेको छ।
महासंघको तर्फबाट हिजो पनि संविधानमा समेटिनुपर्ने आर्थिक मुद्दाको विषय बुझाइएको हो। हामीले बुझाएको सुझाव समेटिएको छ वा छैन त्यसमा अध्ययन गर्ने छौ।
पशुपति मुरारका
मस्यौदामा आर्थिक ऐजेण्डाले कसरी प्राथमिकता पाएको छ। भन्ने बारेमा विज्ञसँग पनि छलफल गर्नेछौ।
पहिलो एजेण्डा सहमतिमा अगाडि बढाउने विषय पूरा भएको छ। सहमतिमा नेतृत्व चयन भएका कारण महासंघलाई एकताबद्ध बनाएर अगाडि बढाउन सहयोग हुनेछ। निजी क्षेत्रलाई बलियो बनाउने हो।
अहिलेको मुख्य समस्या भनेको भूकम्पबाट अति प्रभावित जिल्लाका साना तथा मझौला व्यवसायीलाई समस्या परेको छ । उनीहरुको व्यवसायलाई सुधार गर्नुपर्छ। पहिलो प्राथमिकता त्यसमा हुनेछ।
दलरूबीच भएको सहमति अनुसार देश आठ वटा प्रदेशसहितको संघीयतामा जाने भएको छ। महासंघलाई कसरी पुनसंरचना गर्नुहुन्छ ?
महासंघको संरचना अहिलेपनि संघीय खालको छ। संविधान कसरी आउँछ त्यो अनुसार महासंघको विधान पनि परिवर्तन हुन्छ।
महासंघमा अब गुटको अन्त्य भएको हो ?
यो संचारमाध्यमले मूल्यांकन गर्ने कुरा हो। आजको कार्यक्रममा हिजो एउटै प्यानलबाट निर्वाचन लडेका व्यक्तिहरू सँगै हुनुहुथ्यो।
निर्विरोध अध्यक्ष चयन भएको कारण पनि हिजो देखिएको गुटको अन्त्य भएको छ।
अध्यक्षका दुईजना प्रतिस्पर्धीलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
महासंघको अध्यक्ष निर्विरोध चुन्न कुनै पनि खालको लेनदेन भएको छैन। लेनदेन हुनु पनि हुँदैन। अहिलेको कार्यसमितिमा म वरिष्ठ उपाध्यक्ष हो।
अध्यक्ष भएपछि त्यो पद खाली हुन्छ। भवानी राणा जी अघिल्लो पटक भएको निर्वाचनमा मसँगै वरिष्ठ उपाध्यक्षमा पराजित हुनु भएको थियो।
त्यो पदमा उहाँको स्वभाविक दाबेदारी हो। राणालाई वरिष्ठ उपाध्यक्ष बनाउन म सहयोग पनि गर्छु।
अर्को उम्मेदवार भाष्करराज राजकर्णिकार जी अहिले महासंघमा हुनुहुन्न। राजकर्णिकारले महासंघमा बिताउनु भएको अनुभवको आधारमा हामीलाई आगामी दिनमा सल्लाह सुझाव आवश्यक पर्छ। हामी उहाँको अनुभवबाट महासंघलाई अगाडिने छौ।
प्रदिपजंग पाण्डेको विषयमा महासंघले के गर्छ ?
उहाँको विषयमा महासंघले भन्दा पनि राज्यले के गर्छ भन्ने विषय ठूलो हो। उहाँ प्रतिष्ठित व्यवसायी पनि हो।
उहाँलाई यो समस्याबाट पार लगाउनुपर्छ। पूर्वअध्यक्षको हैसियत दिने वा नदिने भन्ने विषयमा हामी आगामी दिनमा छलफल गरेर निर्णय लिनेछौ।आशीष ज्ञवाली । अन्नपुर्णपोष्टबाट साभार

प्रकाशित : २० असार २०७२, आईतवार ०२:२३