तारे होटलका ४० प्रतिशत कर्मचारी बिदामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तारे होटलका ४० प्रतिशत कर्मचारी बिदामा



काठमाडौ । विनाशकारी भूकम्पपछि मुलुकका अधिकांश पाँचतारे होटलले ३० देखि ४० प्रतिशत कर्मचारीलाई छुट्टि दिएका छन् । पोखराको एउटा पाँचतारेले भने ८० प्रतिशत कर्मचारीलाई विदामा पठाएको छ । गत वैशाख १२ मा आएको शक्तिशाली भूकम्प र त्यसपछि लगातार आएको पराकम्पपछि नेपालमा रहेका पर्यटक फिर्ता जानुका साथै आउने तयारीमा रहेकाले पनि भ्रमण स्थगित गरेपछि अधिकांश होटल सुनसान रहेको नागरिकमा खबर छ ।

पाहुना नै नभएपछि आवश्यकताभन्दा धेरै कर्मचारी होटलमा राख्नुभन्दा छुट्टीमा पठाउँदा राम्रो हुने होटल ब्यवस्थापनको भनाइ छ । होटलहरुले कर्मचारीलाई तलबी बिदा दिएका हुन् ।
होटल ब्यवस्थापन, मजदुर युनियन र कर्मचारीको संयुक्त प्रयासबाट यसखालेको विदाको ब्यवस्था भएको हो । हाल धेरैजसो होटलको कोठा भराइ दर (अकुपेन्सी) बढीमा औसत ३० प्रतिशत मात्र रहेको छ ।
एभरेष्ट र रोयलसिंगी होटल बन्द
राजधानीको नयाँ बानेश्वरस्थित पाँचतारे होटल एभरेष्ट बन्द भएको छ ।
त्यसैगरी दरबारमार्गस्थित तीन तारे होटल रोयल सिंगी पनि बन्द भएको छ । भूकम्पबाट क्षति पुगेपछि ब्यवस्थापनले होटल बन्द गराएका हुन् ।
एभरेष्टले हालसम्म काम गरेकोमा धन्यवाद दिँदै श्रम ऐनअनुसार कर्मचारीलाई आफूले पाउनुपर्ने बाँकी सेवा सुबिधा एक महिनाभित्र लिन आउन सूचना जारी गरेको छ । ब्यवस्थापनले होटल भवन पुरै भत्काउने तयारीमा लागेको छ ।

प्रकाशित : २० असार २०७२, आईतवार ०२:२७