रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार



काठमाडाै १५ जेठ ।रमजान पर्वको अवसरमा आईएमई लिमिटेडले कतारबाट पैसा पठाउँदा घडी उपहारको व्यवस्था गरेको छ ।  कम्पनीले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहार दिने भएको हो । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् । त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्नेछन् । यो योजना यही मई २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुनेछ ।

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार ०९:४७