एयर इन्डिया विरुद्ध उजुरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एयर इन्डिया विरुद्ध उजुरी



कोलकाता। काठमाडौंबाट कोलकाताको उडानका क्रममा एयर इन्डिया विमानमा यात्रुलाई दिइएको खानामा ‘झिंगा’ फेला परेको गुनासो एक यात्रुले गरेका छन् ।

ती यात्रुले शनिबार कोलकाता विमानस्थलस्थित एयर इन्डियाको कार्यालयमा यस्तो उजुरी गरेको बताइन्छ ।

उजुरीकर्ता यात्रीको परिचय खुलाइएको छैन । तर एयर इन्डियाले उजुरीका साथ खानाको नमूना उपलब्ध नगराइएको भन्दै ती यात्रुको गुनासो सत्यतामा आधारित नरहेको जनाएको छ ।

‘यस्ता गुनासाको अनुसन्धान तथा छानविन प्रक्रियाका लागि खानाको नमूना अनिवार्य पेश गर्नु पर्दछ,’ एयर इन्डियाले विज्ञप्तिमार्फत जनाएको छ । (एजेन्सी)

प्रकाशित : २१ असार २०७२, सोमबार ०७:२३