आठ अर्ब पूँजी पुर्याउन बैंकहरुमा दबाब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आठ अर्ब पूँजी पुर्याउन बैंकहरुमा दबाब



काठमाडाै १६ जेठ  । माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक र पूर्णिमा विकास बैंकको आज बुक क्लोज भएको छ। बुक क्लोज भए सँगै नेपाल स्टक एक्स्चेन्जले मूल्य समायोजन गरेको छ।

माछापुच्छ्रे बैंकले १२ प्रतिशत, सिद्धार्थ बैंकले ३० प्रतिशत र पूर्णिमा विकास बैंकले २५ प्रतिशत हकप्रद दिँदै छन्। तीनवटै बैंकले आज बुक क्लोज गरे सँगै नेपाल स्टक एक्स्चेन्जले मूल्य समायोजन गरेको हो। मूल्य समायोजन गरेसँगै माछापुच्छ्रे बैंकको कारोबार ३८० रुपैयाँबाट सुरु हुनेछ। सिद्धार्थ बैंकको ५३८ रुपैयाँ र पूर्णिमा विकास बैंकको ३४० रुपैयाँबाट कारोबार हुनेछ।

माछापुच्छ्रे बैंकले हकप्रदबाट हुन आउने ७९ लाख १८ हजार ४४० कित्ता शेयर निष्कासन गरेसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब ९१ करोड रुपैयाँ पुग्ने छ। सिद्धार्थ बैंकले हकप्रदबाट हुन आउने एक करोड ५७ लाख ५२ हजार ५७८ कित्ता शेयर निष्कासन गरेसँगै बैकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ। त्यस्तै पूर्णिमा विकास बैंकले हकप्रदबाट हुन आउने ८ लाख ८० हजार ९६२ कित्ता शेयर निष्कासन गरेसँगै बैंकको चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुग्ने छ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलवार ०८:४८