फरार अभियुक्तलाई जनसेवाश्री पदक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

फरार अभियुक्तलाई जनसेवाश्री पदक



काठमाडाै १७ जेठ । सरकारले विवादमा रहेका व्यवसायी  राजेन्द्र खेतानलाई   जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेको खुल्न अाएको छ  ।  उक्त पदक पाउनेहरुमा उनी १५ औं नम्बरमा छन् ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीमार्फत आफ्नै व्यवसायिक प्रतिष्ठानलाई बिमा दावी भुक्तानी दिएको भन्दै अझै पनि मुद्दा खेपिरहेका व्यवसायी राजेन्द्र खेतानलाईसरकारले मानपदवीबाट सम्मान गरेको छ । उनले काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतमा थुप्रै मुद्दाहरु खेप्दै आएका छन् ।

उनलाई लामो समयसम्म प्रहरीले पक्राउको लागि खोजि गर्दै आएकाे छ  ।

प्रकाशित : १७ जेष्ठ २०७४, बुधबार ०२:४६