हिमालयन पावरले २१ लाख कित्ता आइपीओ जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन पावरले २१ लाख कित्ता आइपीओ जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति



काठमाडौं १७ जेठ।हिमालयन पावर पार्टनरलाई धितोपत्र बोर्डले २१ लाख ३० हजार कित्ता आइपीओ जारी गर्ने अनुमति मंगलबार प्रदान गरेको छ । कम्पनीले यसअघि लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ४१७ कित्ता (१० प्रतिशत) आइपीओ जारी गरी बाँडफाँड समेत गरिसकेको छ ।

हिमालयन पावर कम्पनीले अबको केहि समयमा नै बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत एक सय रुपैयाँका दरले २१ करोड ३० लाख ८३ हजार चार सय रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ जारी गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ८५ करोड २३ लाख ३३ हजार रुपैयाँ रहेको छ ।  सर्वसाधारणलाई आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६ करोड ५४ लाख रुपैयाँ पुग्नेछ भने  संस्थापक सेयर समूहको सेयर हिस्सा ७० प्रतिशतमा सीमित हुनेछ ।

कस्तो छ हिमालयन पावर कम्पनी ?

हिमालयन पावर पार्टनर लिमिटेड २०६१ सालमा स्थापना गरिएको निजी क्षेत्रको कम्पनी हो । सन् २०१३ मा एनआरएनए इन्भेस्टमेन्ट लिमिटेडलाई पार्टनर कम्पनीको रूपमा समावेश गरेको यो कम्पनीले ०६८ असारमा विद्युत्त उत्पादन अनुमति पाएको थियो ।

कम्पनीले लमजुङको दोर्दी करिडोरमा २७ मेगावाटको जलविद्युत्त आयोजना निर्माण गर्देछ । गैरआवासीय नेपालीहरूले सामूहिक रूपमा लगानी गरेको दोर्दीखोला जलविद्युत्त आयोजना नेपालकै पहिलो हो ।
कुल ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँ लगानीमा निर्माण थालिएको यो आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत सेयर पुँजीबाट निर्माण गरिने भएको हो ।

कम्पनीमा गैर आवासीय नेपालीको संस्था एनआरएन इन्भेष्टमेन्ट कम्पनीको ५१ प्रतिशत, आइएमइ ग्रुप र वल्र्डवाइड इन्भेष्टमेन्टमा आवद्धहरुको कुल ९.९५ प्रतिशत, उषा इन्भेष्टमेन्ट प्रालीको ६.६४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.६३, बैंकर तथा व्यवसायी चन्द्रप्रसाद ढकालको १०.२९ प्रतिशत, उत्तम कुमार नेपालको ६.१२ प्रतिशत सेयर लगानी रहेको छ ।

प्रवद्र्धक कम्पनी हिमालयन झन्डै २ वर्षदेखि पूर्वाधार निर्माणमा जुटेको छ । कम्पनीको ०७४ मंसिरबाट व्यावसायिक विद्युत्त उत्पादन थाल्ने लक्ष्य छ ।

प्रकाशित : १७ जेष्ठ २०७४, बुधबार ०७:०८