नेप्से परिसूचक १ दशमलब २६ अंकले घट्यो,कारोबार रकम ५२ प्रतिसतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से परिसूचक १ दशमलब २६ अंकले घट्यो,कारोबार रकम ५२ प्रतिसतले वृद्धि



काठमाडौं । साताको दोश्रो  दिन पनि नेप्से परिसूचक १ दशमलब २६ अंकले घटेर ९ सय ३६ दशमलब ७६ अंकमा कारोबार बन्द भएको छ । ‘क’ बर्गको मापन गर्ने सेन्सेटिभ इण्डेस्क पनि ० दशमलब १७ अंकले घटेर १ सय ९९ दशमलब ३४ बिन्दुमा कारोबार बन्द भएको छ ।

आज १ सय ३४ कम्पनीको १ हजार ४ सय ५४ कारोबारबाट ६ लाख ३ हजार ८ सय १७ कित्ताको खरिद बिक्रि भई २६ करोड ९ लाख ७८ हजार ६ सय ६५ रुपैंया बराबरको कारोबार भएको छ । सोमबार करिब २६ करोड मात्र कारोबार भएको थियो । आज एभरेस्ट इन्स्योरेन्सको सर्वाधिक ४ करोड ४१ लाख रुपैंया बराबरको कारोबार भएको छ । एभरेस्ट इन्स्योरेन्स कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, लुम्बिनी इन्स्योरेन्सको कारोबार रकम १ करोड भन्दा माथि रहेकोले पनि ५२ प्रतिसत भन्दा बढीले कारोबार रकममा वृद्धि देखिएको हो । हिमालयन डिस्टिलरि लिमिटेडको सर्वाधिक ८ प्रतिसतले मूल्य वृद्धि भएको छ भने कारोबार रकमको आधारमा अगाडी देखिएको एभरेस्ट इन्स्योरेन्सको सबै भन्दा बढी ९ प्रतिसतले मूल्य घटेको छ ।

उप परिसूचकमा बैंकिंग, बिकाश बैंक, बित्त, उत्पादन र प्रसोधन र अन्य समूह बढेका छन् भने होटेल, जलविधुत र  इन्स्योरेन्स समूह घटेका छन् ।

प्रकाशित : २१ असार २०७२, सोमबार १३:११