शिखरले गर्यो ५० प्रतिशतको बीमा दाबी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शिखरले गर्यो ५० प्रतिशतको बीमा दाबी भुक्तानी



काठमाडौं । शिखर इन्सोरेन्स कम्पनी लिमिटेड बीमा दाबीको करिब ५० प्रतिशत दाबी भुक्तानी गरेको जनाएको छ ।
कम्पनीले प्रेस वक्तव्य जारी गर्दै कम्पनीमा परेका १४ सय ४६ दाबी मध्ये ७ सय दाबी भुक्तानी गरिसकिएको छ । त्यस्तै कम्पनीले अन्य दाबी भुक्तानीको सन्दर्भमा क्षति मूल्याँकनका लागि सर्भेयरहरु खटाइसकेको भएपनि आवश्यक न्युनतम कागजात तथा सर्भेयरको अभावमा सम्पूर्ण भुकम्प दाबीको प्रकृया अगाडि बढाउन नसकिएको जनाकारी दिंदै बीमितलाई आवश्यक न्युनतम कागजात समयमा नै उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

sekar

कम्पनीले दाबी भुक्तानी गर्दा सम्पत्तिको वास्तविक मुल्यभन्दा कम मुल्यमा बीमाङक रकम कायम गरी बीमा गरिएको अवथामा क्षतिको पूर्ण भुक्तानी गर्न नसकिएको जानकारी दिएको छ ।

प्रकाशित : २१ असार २०७२, सोमबार १३:१३