प्राधिकरणले वर्षातको समयमा लोडसेडिङ नघटाउने,पूरानै तालिकालाई निरन्तरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राधिकरणले वर्षातको समयमा लोडसेडिङ नघटाउने,पूरानै तालिकालाई निरन्तरता



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षातको समयमा लोडसेडिङ नघटाउने भएको छ । प्राधिकरणको आज बसेको बैठकले पूरानै लोडसेडिङको तालिकालाई निरन्तरता दिने निर्णय गरेको हो ।


गत वैशाख १२ गते आएको भूकम्पका कारण सुनकोसी जलविद्युत आयोजनामा क्षति पुगेकाले लोडसेडिङ घटाउन नसकिने प्राधिकरणले जनाएको छ । भूकम्पका कारण सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत परियोजनमा पनि क्षति पुगेको र यसले पनि लोडसेडिङ घटाउन नसकेको प्राधिकरणको भनाइ छ । सुनकोशीबाट १० दशमलव ६ मेगावाट विद्युत उत्पादन हुँदै आएको थियो । भूकम्पले नियन्त्रण काबुभन्दा बाहिर गएपनि नेपाल विद्युत प्राधिकरणका सबै आयोजनाहरु अहिले सूचारु भएको प्रधिकरणले बतायो । कुलेखानी ड्याममा पनि अहिले पानी भरिएको छ । वर्षामा पानी जम्मा गरिने त्यो पानीले हिउँदमा प्राधिकरणले विद्युत उत्पादन गर्दै आएको छ । कुलेखानीमा पानी छ भनेर लोडसेडिङ कम गराउँदा झन समस्या हुने भएकाले त्यसो नगरेको प्रधिकरणको दाबी छ । प्राधिकरणले अहिले हप्तामा ४७ घन्टा लोडसेडिङ गर्दै आएको छ ।

प्रकाशित : २१ असार २०७२, सोमबार १३:२०