हेर्नुस २.३ करोडको फोन , हेलिकोप्टरबाट हुन्छ होम डेलिभरि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

हेर्नुस २.३ करोडको फोन , हेलिकोप्टरबाट हुन्छ होम डेलिभरि



लग्जरी फोन बनाउन प्रख्यात यूके बेस्ट कम्पनी vertuले दुनियाकाे सबै भन्दा महंगो फोन बनाएको छ ।  यसको मुल्यको अगाडी सबै फोन पछाडी छन् ।  यसलाई यसो पनि भन्न सकिन्छ मध्यम वर्गलाई यो फोन किन्न सपना देख्नु बराबर नै हुन अाउछ । vertuले जुन फोन बनाएको छ त्यसको मूल्य २.३ करोड भारतिय रुपैयाँ छ ।  त्यसको नाम हो vertu सिग्नेचर कोबरा ।


 २.३ करोड भारु पर्ने मोबाइलमा फोनमा  २ हिरा
vertu को २.३ करोडको महंगो फोनमा स्मार्ट फोन जस्तो कुनै फिचर छैन । भारु ५०० देखि १००० सम्म को रेन्जमा पाउने फोनको फिचर नै यो फोनमा प्रयोग गरिएको छ ।  यो फोन यस्कारण मह‌ंगो छ कि यसलाई ४०० भन्दा बढी रुबीले सजाइएको छ ।  फोनको डिजाइन कोब्राको जिउ जस्तै बनाइएको छ ।  यस कारण पनि यसलाई Vertu Signature Cobra भनिदै अाएको हो । फोनमा बनाइएको सर्पको अाखा भन्दा माथी २ वटा हिरा पिन जडान गरिएको छ ।


Vertu फोन  हेलिकोप्टरबाट हुन्छ डेलिभरि
यसको फ्रेन्च ज्वेलर्स बाँचराँनले डिजाइन गरेका हुन ।  यसमा एक पियरकट डाइमन्ड, एकवटा सेतो हिरा,दुइ एमराल्ड र ४३९ रुबी लगाइएको छ ।  याे फोनलाई चाइनाकाे इ काँमर्स पोर्टल JD.comमा लिस्टेड गरिएको छ । यो पोर्टलबाट जोसुकैले पनि फोन बुक गर्न सक्छन । डेलिभरी भन्दा अगाडी १४५ डलर तिर्नु पर्ने हुन्छ । बाँकी रकम डेलिभरि पछी नै दिदा  हुने छ । यो कम्पनीले पहिला पनि यस्ता धेरै लग्जरी फोनहरु लन्च गरि सकेको छ । यसको खास कुरा के छ भने यो फोन किने पछि तपाइलाई हेलीकोप्टरबाट डेलिभरि हुन्छ ।


मात्र ८  पार्टस कम्पनीले बनायो
जानकारीमा अाए अनुसार यो फोनमा  ३८८ पार्टस यूकेमा  बनाइएको हो । तर यो फोन लन्च गर्ने कम्पनीvertu ले फोनको ८ वटा पार्टस मात्रै बनाएको हो ।

प्रकाशित : १९ जेष्ठ २०७४, शुक्रबार ०७:२१