यी ३ क्षेत्रमा अपार संभावना, जहाँ तपाईले बेग्लै छाप छोड्न सक्नुहुन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यी ३ क्षेत्रमा अपार संभावना, जहाँ तपाईले बेग्लै छाप छोड्न सक्नुहुन्छ



संसारमा सबै भन्दा धनी व्यक्तीको नाम लिने हो भने सबै भन्दा अगाडी बिल गेट्सको नाम आउछ ।  उनको कम्पनी माइक्रोसफ्ट आइटी क्षेत्रमा प्रसिद्ध रहेको छ ।  एक रिपोट अनुसार सन २०४२ सम्ममा गेट्सको सम्पती करिब १० खर्व डलर हुने अनुमान गरिएको छ ।  आज तपाइलाई हामी उनले सुझाएका केही यस्ता क्षेत्रको बारेमा जानकारी दिन जादै छौ  । त्यसलाई पछ्याउन सकेको खण्डमा  संसारमा आफ्नो छुट्टै छबी र पहिचान बनाउन सकिन्छ ।

आर्टिफिसल इन्टेलिजेन्सको क्षेत्र

बिल गेट्सको अनुसार  आर्टिफिसल इन्टेलिजेन्सको क्षेत्र भर्खरै सुरुवात भएको छ ।  यसको भविष्य धेरै नै  बलियो हुने संभावना छ ।  उनले भनेका छन यो क्षेत्र त भर्खर सुरुवातको अवस्थामा नै छ ।  यो क्षेत्रमा  टेक्नीक विकसीत हुँदा  आम जनमानसको  जिन्दगी अधीक प्रोडक्टिभ र क्रियटिभ हुने छ ।

के हो आर्टिफिसल इन्टेलिजेन्स ?

आर्टिफिसल इन्टेलिजेन्स कृतिम तरिकाबाट विकसित गरिएको बैद्धिक क्षमता हो । उदाहरणको लागि रोबट र अटोमेटीक कार  । कम्प्यूटर प्रोग्रामिंगको आधारमा यो काम गरिन्छ ।

उर्जा क्षेत्रमा अपार संभावना

उर्जा क्षेत्रमा अपार संभावना छ ।  यो क्षेत्रमा काम गरेर तपाई आफ्नो बेग्लै छाप छोड्न सक्नु हुने छ ।  आउदा केही बर्षमा  मानिसहरु उर्जाको गैर परम्परागत स्रोतको खोज गर्न थाल्ने छन । यसले गरिबीलाई घटाउने र जलवायु परिर्वतनसंग जुध्न पनि सहयोग गर्ने छ ।

स्वास्थ्य क्षेत्र


बिलगेटस्ले भनेका छन कि आजको समय बायोसाइन्सको  क्षेत्रममा काम गर्न निकै राम्रो छ ।  उनले भनेका छन अब उनले कुनै नयाँ बिजनेश सुरु गरे भने यही क्षेत्रमा गर्ने छन । बायोसाइन्समा धेरै अवसरहरु छन् । यसले तपाईलाई सुखी र खुसी जिवन बाच्नको लागि सहयोग गर्ने छ । एजेन्सीको सहयाेगमा

प्रकाशित : १९ जेष्ठ २०७४, शुक्रबार १०:०३