नयाँ सरकारमा मन्त्रीका रुपमा फर्किनुपरे स्वास्थ्य मन्त्रालय नै रोज्छुः गगन थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नयाँ सरकारमा मन्त्रीका रुपमा फर्किनुपरे स्वास्थ्य मन्त्रालय नै रोज्छुः गगन थापा



काठमाडाै २१ जेठ । स्वास्थ्य मन्त्री गगन थापाले आफूले थालेका काम पूरा गर्न नपाई मन्त्रालय छोड्नुपर्ने बेला आएको बताएका छन्। स्वास्थ्य मन्त्रालयबाट बिदा लिने कार्यक्रममा उनले आफूले स्वास्थ्य क्षेत्र सुधारका लागि थालेका कामलाई पूरा गर्न थप केही समय आवश्यक रहेको जनाए।  मन्त्री थापाले नयाँ बन्ने सरकारमा मन्त्रीका रुपमा फर्किनुपरे पुनः स्वास्थ्य मन्त्रालय नै रोज्ने बताएका थिए।

स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले स्वास्थ्य मन्त्रीका रुपमा गगन नै दोहोरिनुपर्ने जिकिर गरेपछि मन्त्री थापाले आफ्नो इच्छा थप केही समय मन्त्रालय सम्हाल्ने रहेको बताएका थिए।

मन्त्रालयमा स्वास्थ्य मन्त्रीको हैसियतले अन्तिम पल्ट राखेको पत्रकार सम्मेलनमा पत्रकारले ‘दोहोरिने सम्भावना कति छ ?’ भनेर प्रश्न गरेका थिए। पत्रकारको प्रश्नको जवाफ दिन भने राज्यमन्त्री गुरुङ अघि सरेका थिए। पत्रकार सम्मेलनहरुमा खासै बोल्न नरुचाउने राज्यमन्त्री गुरुङले यो उत्तर दिन गगनलाई ‘क्रस’ गरेका थिए।

राज्यमन्त्री गुरुङले मन्त्री थापा दोहोरिनुपर्ने आशय राखेपछि गगनले आफूले धेरै कामको सुरुवात गरेकाले तिनलाई एउटा गति दिन केही समय चाहिएको बताए। उनले भने, ‘मैले गरेका कामलाई कार्यन्वयनमा ल्याउन र स्थायित्व दिन थप ५–६ महिना चाहिन सक्छ।’

प्रकाशित : २१ जेष्ठ २०७४, आईतवार ०७:४७