प्रिमियर इन्स्योरेन्सले एफपिओको मूल्य घटायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रिमियर इन्स्योरेन्सले एफपिओको मूल्य घटायो



काठमाडौं २२  जेठ । प्रिमियर इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको फर्दर पब्लिक अफरिङ एफपिओको मूल्य तय गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ७९५ रुपैयाँ प्रिमियममा थप गरी ८९५ रुपैयाँ प्रतिकित्तामा एफपिओ जारी गर्ने भएको हो ।

प्रिमियरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता शेयर जारी गर्न लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअघि कम्पनीले ९०४ रुपैयाँ प्रिमियममा सहित एक हजार चार रुपैयाँमा एफपिओ जारी जनाएको थियो ।

कम्पनीले संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न ६ लाख ९५ हजार पाँच सय ६५ कित्ता एफपिओ बिक्री गर्न लागेको हो । एफपिओ निष्काशन गर्न कम्पनीले एनएमबि क्यापिट बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रकाशित : २२ जेष्ठ २०७४, सोमबार ०६:३५