उदयपुरमा दुई दिनदेखि यातायात ठप्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उदयपुरमा दुई दिनदेखि यातायात ठप्प



उदयपुर । उदयपुरको पूर्वी भेगबाट सन्चालन हुने यातायातका साधन दुई दिनदेखि ठप्प बनेका छन् । दुई यातायात व्यवसायीहरुको विवादका कारण सार्वजनिक यातायातका साधन चल्न नसकेका हुन् । यातायात सञ्चालन नहुँदा यस भेगका यात्रु मारमा परेका छन् ।

सगरमाथा यातायात संघ र पूर्वी हिमाली यातायात संघको विवादका कारण जिल्लाका बेल्टार, बसाहा र रामपुरबाट कुनै सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् ।

पूर्वी हिमाली यातायातले सप्तरीको फत्तेपुर र उदयपुरको बेल्टारमा शाखा कार्यालय खोलेर यातायात सञ्चालन गर्न लागेपछि सगरमाथा यातायात संघले विरोध गर्दा दुई संघबीच विवाद बढेको हो ।

प्रकाशित : २२ असार २०७२, मंगलवार ०२:४३