रिभर फल्स पावरको साधरण शेयर आउँदै, बिक्री प्रवन्धकमा एनआर्इसी क्यापिटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिभर फल्स पावरको साधरण शेयर आउँदै, बिक्री प्रवन्धकमा एनआर्इसी क्यापिटल नियुक्त



काठमाडौं  २४ जेठ ।रिभर फल्स पावर लिमिटेडको साधारण शेयर सर्वसाधरणमा जारी हुने भएको छ।साढे नौ मेगावाट क्षेमताको डाउन पिलुवा खोला साना जलविद्युत आयोजना निर्माणका लागि ३४ लाख ३० हजार कित्ता शेयर निष्काशनकालागि एनआर्इसी एसिया क्यापिटलसँग सम्झौंता  भएको छ  ।

शेयर निष्काशनको बिक्री प्रवन्धकको सम्झौंताका लागि रिभर फल्सका तर्फबाट कार्यकारी अध्यक्ष डा भोगेन्द्रकुमार गुरागार्इँ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरे।कम्पनीको जारी पूँजीमध्ये ४९ प्रतिशत शेयर उद्योग प्रभावित संखुवासभाबासी,सर्वसाधरण र कर्मचारीलार्इ दिनेछ।

सेञ्चुरी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको सहवित्तीयकरण कर्जा लगानी हुने सम्झौता भइसकेको छ।

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार ०६:००