जनमतसंग्रहपछि एशियाली तथा युरोपेली शेयर बजारमा हलचल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनमतसंग्रहपछि एशियाली तथा युरोपेली शेयर बजारमा हलचल



काठमाडौं । ग्रीसमा भएको जनमतसंग्रमा कर्जादाताको प्रस्ताव अस्वीकार गर्ने पक्षको जितसँगै एशियाली तथा युरोपेली शेयर बजार घटेको छ ।

यससँगै युरोपेली मुद्रा युरोको मूल्यसमेत घटेको छ । सो दिन युरोको भाउ डलर र पाउण्डको तुलनामा क्रमशः शून्य दशमलब ४ प्रतिशत र शून्य दशमलव ५ प्रतिशतले घटेको थियो ।

जनमतसंग्रहपछि ग्रीस यूरोजोनबाट बाहिरिनसक्ने सम्भावनाले समेत थप बल पाएकाले शेयर बजारमा कमी आएको विश्लेषण गरिएको छ । थप वित्तीय उद्धारका लागि अन्तर्राष्ट्रिय कर्जादाताले पेश गरेका प्रस्ताव मान्न अस्वीकार गरेसँगै सोमबार अधिकांश एशियाली शेयर बजारमा कमी आएको हो । धेरैजसो बजारमा हप्तको पहिलो दिनको कारोबार सुस्त बन्यो । यसको असर भारतीय बजारमा समेत देखियो ।

सोमबार जापानी शेयर परिसूचक निक्केई २ प्रतिशतभन्दा बढीले घटेको थियो । सो, पेरिसको सीएसी ४० र फ्र्यङ्कफर्टको ड्यक्स क्रमशः १ दशमलब ४ प्रतिशत र १ दशमलब ६ प्रतिशतले घटेको थियो । शेयर बजारमा बैंकको शेयरमूल्य सबैभन्दा बढी घट्नेमध्ये रहेको छ ।

ग्रीस सङ्कटले खराब कर्जाको नोक्सानीलाई बढाउने र यसले सरकारका लागि कर्जा लागतमा बृद्धि हुने अनुमानबीच शेयर बजारमा कमी आएको हुनसक्ने बजारमा कमी आएको हुनसक्ने बजार विश्लेषकहरु बताउँछन् । आजको अभियानबाट ।

प्रकाशित : २२ असार २०७२, मंगलवार ०३:०४