बढी सुत्ने महिलामा सेक्सको चाहना अघिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

बढी सुत्ने महिलामा सेक्सको चाहना अघिक



वासिङटन – अमेरिकामा गरिएको एक अध्ययनले बढी सुत्न रुचाउने महिलामा सेक्सको चाहना पनि अधिक हुने देखाएको छ । अध्ययनकर्ताहरुले दुई हप्ता सम्म करिव दुई सय महिलाको अवस्थावारे अध्ययन गरेका थिए । मिसिगन युनिभर्सिटीका विद्यार्थीले गरेको यो अध्ययनले सेक्सको चाहना प्रयाप्त हुनका लागि आनन्दको निद्रा अनिवार्य भएको देखाएको छ । उनीहरुको अध्ययन अनुसार आनन्दले एक घण्टा अतिरिक्त निद्रामा रहेका महिलाहरुमा भोलिपल्ट सेक्सको चाहना १५ प्रतिशत बढी पाइएको छ ।

निद्राले आनन्द बढाउने र तनाव घटाउने तथ्य धेरै अध्ययनबाट पुष्टि भइसकेको विषय हो । अतिरिक्त निद्रामा रहने महिलामा यौन चाहना बढ्ने,यौनबाट प्राप्त हुने आनन्दको मात्र पनि केही बढी हुने तथा यौन सम्पर्कको अवधि पनि बढ्ने अध्ययनकर्ताहरुले जनाएका छन् ।
अध्ययनले सेक्स बढी हुँंदा निद्रा बढ्ने पनि देखाएको छ ।

उनीहरुको निष्कर्ष छ,‘ बढी निद्रा हुँंदा सेक्सको चाहना बढ्छ भने आनन्दको सेक्सले निद्राको आनन्द पनि बढाउँंछ । यसले निद्रा र सेक्सवीचमा सकारात्मक सम्बन्ध छ । ’ अध्ययनकर्ताहरुले विवाहित महिलाहरुमाथि अध्ययन गरेका थिए । दुई सातासम्म लगातार उनीहरुलाई सोधपुछ गर्दै तथा शारिरीक मानसिक अवस्थाको विश्लेषण पनि गरिएको थियो । अध्ययनमा सहभागी वयश्क महिलाहरुले अत्यधिक निद्रा लागेको भोलिपल्ट वा त्यसैदिनको साँंझ सेक्सको चाहना तीब्र हुने गरेको बताएको पनि उनीहरुले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनमा पाइएको छ कि सात घण्टा २२ मीनटको औषत निद्रा भन्दा बढी सुत्ने महिलाहरुमा यस्तो पाइएको हो । यो औषत समयभन्दा बढी सुतेका महिलाहरुले बढी उत्तेजना आउने गरेको,सेक्सको आनन्द बढेको र श्रीमानप्रतिको माया पनि बढ्ने गरेको बताए ।

यौन सम्बन्धका विज्ञहरुले दाम्पत्य जीवन बढाउन निद्राको अवधि पनि औषतभन्दा बढी हुनु उचित हुने बताएका छन् । उनीहरुको भनाई छ,‘ सेक्स अवधि,रुचि र सुख बढाउने हो भने आनन्दको निद्रा आवश्यक छ । तनावमा हुने सेक्सले दिक्दारी बढाउने गरेको देखिन्छ । ’

प्रकाशित : ३१ बैशाख २०७२, बिहीबार १७:४०