चीनका दुई उद्योगद्वारा ४७ अर्ब लगानीको प्रस्ताब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चीनका दुई उद्योगद्वारा ४७ अर्ब लगानीको प्रस्ताब



काठमाडौ । चीनका दुई ठूला सिमेन्ट उद्योगले नेपालमा ४७ अर्ब रुपैयाँ प्रत्यक्ष बैदेशीक लगानी (एफडिआई) को प्रस्ताब गरेका छन् । दुवै लगानी सिमेन्ट उद्योगमा हुन् । लगानी बोर्डका अनुसार होङ्सी ग्रुपले ३३ अर्ब र वङ्सीले १४ अर्ब रुपैयाँ लगानीको प्रस्ताब गरेका हुन् । होङ्सी चीनकै १० औ ठूलो सिमेन्ट उद्योग हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तका अनुसार उक्त लगानी आगामी साता बस्ने बैठकले स्वीकृत गर्ने छ । ‘होङसीले दुई महिनाअघि प्रक्रिया अघि बढाएको थियो,’ उनले भने, ‘वङ्सीको प्रस्ताब भने भुकम्पपछि परेको हो ।’ भुकम्पपछि पनि ठूलो लगानी आकषिर्त हुनुले नेपाल सुरक्षित छ भन्ने सन्देश गएको बोर्डको दावी छ ।

चीनियाँ लगानीकर्ताका तर्फबाट नेपालमा आउन लागेको उक्त रकम अहिलेसम्मकै सबैभन्दा ठूलो हो । विदेशीलाई लगानी खुला गरेपछि हालसम्म चीनबाट करिब ४० अर्ब रुपैयाँ मात्रै लगानीको प्रतिबद्धता आएको छ । यसअघि एउटा प्रतिस्ठानमा ठूलो लगानी १९ अर्ब रुपैयाँ भन्दा बढी आएको थिएन । त्यो पनि जलविद्युत क्षेत्रमा मात्रै थियो ।

एक प्रतिष्ठानको आधारमा पनि चीनको तर्फबाट आउन लागेको लगानी सबैभन्दा ठूलो हो । चीनबाट खासगरि होटल, रेष्टुरेन्टलगायत क्षेत्रमा स-साना लगानी मात्रै आइरहेका छन् । नयाँ लगानी ल्याउन खोजेको होङ्सीले नेपालको शिवम सिमेन्टसंग सहकार्य गर्ने छ । वङसीले भने शतप्रतिशत वैदेशिक लगानीको प्रस्ताब गरेको हो । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित : २२ असार २०७२, मंगलवार ०४:१३