जेठ २८ बाट सेञ्चुरीसँगै अरनिको र इन्नोभेटिभको एकिकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जेठ २८ बाट सेञ्चुरीसँगै अरनिको र इन्नोभेटिभको एकिकृत कारोबार



काठमाडौं, २४ जेठ  । राष्ट्र बैंकले सेञ्चुरी कमर्सियल बैंकले गाभेको दुई विकास बैंक सहितलाई एकिकृत कारोबार गर्न निर्देशन दिएको छ । अरनिको र इनोभेटिभलाई गाभेको सेञ्चुरी कमर्सियलको एकिकृत कारोबार जेठ २८ बाट थाल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्वन्धी विनियमावली २०७३ को विनियम ११ को उपविनियम ७ वमोजिम एकिकृत कारोबार सञ्चालन गर्न अनुमति दिएको हो ।

दुई बैंक गाभिएपछि पनि नाम भने सेञ्चुरी कमर्सियल बैंक नै हुने छ ।

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार ०९:११