सहकारी ऐन अर्थ समितिबाट पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारी ऐन अर्थ समितिबाट पारित



काठमाडौं, २८ जेठ  । केही विषयहरु विवादित रहेकै अवस्थामा व्यवस्थापिका संसदको अर्थ समितिले सहकारी ऐनको संशोधित विधेयक पारित गरेको छ । शनिबार बसेको अर्थसमितिको बैठकले उपसतितिले तयार पारेको उक्त विधेयक पारित गर्ने निणर्य गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

सहकारी विधेयकउपर छलफल धेरै भइसक्यो, जति गर्दा नि सहमति जुट्न सकेन, उपसमितिले सन्तुलित रुपमा प्रतिवेदन तयार पारेको छ, यसैलाई पारित गरौं, तपाईहरुको सुझाव समेटेर सचिवालयले अन्तिम रुप दिई प्रतिवेदन तयार पार्ने छ, अर्थसमितिको बैठकमा सदस्यहरुबीच सहमति हुने सम्भावना नदेखिएपछि सभापति प्रकाश ज्वालाले आदेशात्मक पारामा भने । उनको निर्देशन अनुसार अधिकांश सांसदले सहमति जनाए र बैठक सकियो ।

यद्यपि सहकारी संस्था र अभियानमा आवद्ध केही सांसदहरु भने सभापतिको भनाइप्रति असन्तुष्टि प्रकट गर्दै बाहिरिए ।

प्रकाशित : २८ जेष्ठ २०७४, आईतवार ०४:२७