सेञ्चुरी, अरनिको र इन्नोभेटिभ एक भए, आजैबाट एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरी, अरनिको र इन्नोभेटिभ एक भए, आजैबाट एकीकृत कारोबार सुरु



काठमाडौं, २८ जेठ  ।सेञ्चुरी बैंकले इन्नेभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि यी तीन बैंक आइतबारदेखि एक भएका छन् । अब ‘सेञ्चुरी कमर्सियल बैंंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ । सेञ्चुरी, इन्नोभेटिभ र अरनिकोको गत चैत ३१ गते बसेको छुट्टाछुट्टै साधारण सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गरेको थियो । यसलाई राष्ट्र बैंकले जेठ १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले जेठ १८ गते स्वीकृति दिएको हो । एक्विजिसनपछि दुई विकास बैंकको सम्पूर्ण सम्पति तथा दायित्व सेञ्चुरी बैंकले सकार्ने छ ।

सेञ्चुरीले चालु अर्थिक वर्षको तेस्रो त्रैमासमा ३१ करोड ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउन सेञ्चुरीले अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको हो । बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिएको छ । दुई विकास बैंकलाई एक्वायर गरिसकेपछि कायम हुने पुँजीबाट बैंकले फेरि ४० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ । बैंकको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा छ ।

प्रकाशित : २८ जेष्ठ २०७४, आईतवार ०६:३९