कसले अनफ्रेन्ड गर्‍यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कसले अनफ्रेन्ड गर्‍यो ?



सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कसले अनफ्रेन्ड गर्‍यो भनेर थाहा पाउन मिल्ने एप्लिकेशन बनेको छ । हु डिलिटेड मि फर फेसबुक नामक नयाँ एप्लिकेशनले फेसबुकमा साथी रहेका कसले आफूलाई अनफ्रेन्ड गर्‍यो भनेर थाहा दिनेछ ।

यो एप्लिकेशनले मोबाइलमा एप डाउनलोड गरिसकेपछि आफूलाई फेसबुकमा अनफ्रेन्ड गसले गर्‍यो भनेर जानकारी दिनेछ । तर एप डाउनलोड गर्नु भन्दा पहिले अनफ्रेन्ड गर्नेको बारेमा भने यो एपले जानकारी दिने छैन ।

‘हु डिलिटेड मि फर फेसबुक’ एप आइवएस, एन्ड्रोइड र क्रोम एक्सटेन्सनमा उपलब्ध छ । यो एप डाउनलोड गरेपछि कसैले फेसबुकमा तपाईलाई अनफ्रेण्ड गर्ने बित्तिकै तपाईंलाई यो साथीले फेसबुकबाट अनफ्रेन्ड गर्‍यो भनेर नोटिफिकेशन आउँछ ।

यो एप यसअघि सन् २००९ मा नै सार्वजनिक भएको थियो । तर एपको सुविधामा सिमितिता रहेको भन्दै फेसबुकले यो एपसँगको सहकार्य तोडेको थियो । तर अहिले भने नयाँ सुविधा सहित एप सार्वजनिक गरिएको हो ।

– एजेन्सीको सहयोगमा

प्रकाशित : २३ असार २०७२, बुधबार ०९:५७