नेरुडे लघुवित्तको एक लाख आठ हजार बढि कित्ता सेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेरुडे लघुवित्तको एक लाख आठ हजार बढि कित्ता सेयर लिलामीमा



काठमाडाै २९ जेठ ।नेरुडे लघुवित्तले संस्थापक र सर्वसाधारण समूह गरी एक लाख आठ हजार ७३६ कित्ता सेयर असार १३ देखि लिलामीमा बिक्री गर्ने भएको छ ।

नेरुडेले सर्वसाधारण समूहको १४ हजार ७५९ कित्ता र संस्थापक समूहको ९३ हजार ९७७ कित्ता सेयर लिलामी मार्फत बेच्न लागेको हो ।  लघुवित्तले चैत २४ देखि वैशाख ७ गतेसम्म जारी गरेको ५० प्रतिशत हकप्रदमा विक्री नभएर बाँकी रहेको सेयर हो ।

नेरुडेको लिलामी सर्कान चाहने ईच्छुक लगानीकर्ताले असार २० गतेसम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरीबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन गर्दा साधारण सेयरमा न्यूनतम एक सय र संस्थापकमा एक हजार कित्तादेखि  १० कित्ताको गुणांकमा लिलामीमा राखिएको सबै सेयरका लागि आवेदन गर्न सक्नेछन् ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालमा असार २१ गते दिउँसो ३ बजे बोलपत्र खोलि असार २५ गते बाँडफाँड हुने क्यापिटलले जनाएको छ । सेयर पाउन नसक्ने लगानीकर्तालाई असार २८ गतेदेखि रकम फिर्ता हुनेछ ।

चुक्ता पूँजी २१ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ५० पैसा छ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले सात करोड ८५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सेयर सोमबार नेप्सेमा प्रतिकित्ता १३०० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

प्रकाशित : २९ जेष्ठ २०७४, सोमबार ०६:४०