‘एबीसीडी २’ ले कमायो सय करोड भारु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘एबीसीडी २’ ले कमायो सय करोड भारु



काठमाडौँ । विशुद्ध डान्सरहरुको कथावस्तुमा निर्मित सिनेमा ‘एबीसीडी २’ ले सय करोड भारु कमाएको छ । प्रदर्शनको तेस्रो साता जारी रहँदा यो फिल्मले १ अर्ब १ करोड भारु कमाई गरेको हो । सय करोड कमाई गरेसंगै फिल्म बलिउड बक्स अफिसमा सय करोड कमाउने ३७ औँ फिल्म बनेको छ ।


यस बर्ष सय करोड कमाउन सफल दोस्रो फिल्म बनेको ‘एबीसीडी२’ अघि कंगना रणावत र आर माधवन अभिनीत ‘तन्नु वेड्स मनु’ ले बक्स अफिसमा १ अर्ब ५० करोड कमाई गरी बर्षको सर्बाधिक कमाउने फिल्मको रेकर्ड बनाएको थियो ।
प्रभु देवा,बरुण धवन,श्रद्धा कपुरको मुख्य अभिनय रहेको फिल्म‘एबीसीडी २’सन् २०१३ को हिट फिल्म ‘एबीसीडी’ को सिक्वेल हो । नृत्यमा आधारित पहिलो थ्रिडी फिल्म ‘एबीसीडी २’ बलिउडका चर्चित कोरीयोग्राफर रेमो डिसुजाले निर्देशन गरेका हुन् । ‘एबीसीडी २’सय करोड क्लबमा प्रवेश गरेसंगै बरुण पनि सय करोड क्लबका अभिनेता बनेका छन् । सय करोड कमाउने बरुण्ाँको यो पहिलो फिल्म हो । श्रद्धा कपुरको भने दोस्रो  फिल्मले  सय करोड कमाएको हो । यसअघि श्रद्धा अभिनित ”एक भिलेन”ले सय करोड कमाएको थियो ।

प्रकाशित : २२ असार २०७२, मंगलवार १३:०८