कहाँ कहाँ निर्माण हुँदैछन १० वटा नयाँ शहर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कहाँ कहाँ निर्माण हुँदैछन १० वटा नयाँ शहर ?



काठमाडाै २९ जेठ । हुलाकी राजमार्ग आसपासमा १० वटा नयाँ शहर निर्माण हुने भएका छन। एकतर्फी बसाईसराई रोक्नका लागि सरकारले हुलाकी राजमार्ग छेउमा दश नयाँ सहर निर्माणको प्रक्रिया अगाडि बढाएको हो।

व्यवस्थित बसाईलाई सुनिश्चित गर्न वैशाख २४ मा सहरी विकास मन्त्रालयले सहर निर्माणको योजनालाई स्वीकृत गरेसंगै शहर बन्ने स्थान निश्चित भएको शहर आयोजनाका प्रमुख पराग कायस्थले जानकारी दिए।

मन्त्रिपरिषदले उक्त आयोजना स्वीकृत गरेसँगै एकीकृत विकास कार्यक्रम निर्माण गरी विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढाइने कायस्थले बताए। उनका अनुसार पूर्वमा झापा जिल्लाको सदरमुकाम भद्रपुरबाट सुरु भई पश्चिममा कन्चनपुर जिल्लाको भारतीय सिमासम्म फैलिई तराईका २० वटै जिल्लाहरुलाई जोडेको राजमार्गले आसपासका १० नयाँ नगरपालिकाहरुलाई आधुनिक शहरको रुपमा विकास गरिने छ।

हुलाकी राजमार्गले तराईमा मुख्य बजार नगरहरु जोड्ने भएकाले तराईको जीवन रेखाको रुपमा रहेकोले बस्तीलाई व्यवस्थित गराउंदै जाने लक्ष्य अनुरुप करिब ३ किमी दायाँबायाँ नयाँ सहर निर्माण गरिने आयोजना प्रमुख कायस्थले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गको समानान्तर करिब २० देखि ३० किमी दक्षिण तर्फ फैलिएको तराई–मधेसका जिल्लाहरु जोड्ने पहुँच मार्गको रुपमा हुलाकी राजमार्ग रहेको छ।

आधुनिक शहरको रुपमा बिकास गर्न एकीकृत सहरी विकास योजना तयार पारी सहरी पूर्वाधार तथा विकास योजना आगामी आर्थिक बर्षमा छनौट गरिने मन्त्रालयले निर्णय गरिसकेको छ। जमिनको उपलब्धता, जनसंख्या, जनघनत्व, मोडल जक्सन, आर्थिक विकासको संभावना, गैरकृषि कार्यमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाई सराई, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचका आधारमा नयाँ सहरको स्थान छनौट गरिएको मन्त्रालयले जानकारी दिएको छ।
यी स्थानहरुमा बन्दैछन नयाँ शहरहरु

१. झापाको गौरीगंज

२ मोरङको रंगेली

३ बाराको महागढीमाई

४ सर्लाहीको ईश्वरपुर

५ सप्तरीको सम्भुनाथ

६ महोत्तरीको वलवा र सरपल्लो

७ बर्दियाको राजापुर

८ नवलपरासीको बर्दघाट

९ कंचनपुरको बेलौरी

१० कैलालीको भजनी त्रिशक्ति

प्रकाशित : २९ जेष्ठ २०७४, सोमबार १६:४९